निश्चल र स्वस्तिमा अभिनित फिल्म ‘घामड शेरे’को गीत सार्वजनिक



काठमाडौं : निश्चल बस्नेत र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको चलचित्र ‘घामड शेरे’ को ‘साली मन पर्‍यो’ बोलको गीत सार्वजनिक भएको छ ।

कालीप्रसाद बास्कोटा र अस्मिता अधिकारीको स्वर रहेको यस गीतलाइ मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

यस गीतमा भेनालाइ साली मन परेको विषयमा गीतका शब्दमा उनिएको छ । गीतमा शब्द र संगीत पनि कालीप्रसाद बास्कोटाले नै दिएका हुन् ।

यस्तै गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् । यस फिल्ममा निश्चल र स्वस्तिमासँगै सुष्मा निरौला, बाद भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याल लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् भने नरेन्द्र मैनालीले छायांकन गरेका हुन् । यस्तै फिल्ममा कथा, पटकथा, लगानी र निर्देशन हेमराज बिसीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्