‘बादशाह जुट’को ट्रेलर सार्वजनिक



काठमाडाैं : चलचित्र ‘बादशाह जुट’को कमेडी र एक्सनले भरिएको ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको शिर्ष भूमिकामा नायकद्धय सुशिल श्रेष्ठ र अमिर गौतम छन् ।

Image result for ‘बादशाह जुट’को ट्रेलर सार्वजनिक

चलचित्रमा यी दुइका अलवा रोविन तामाङ, रोशिल खड्का, केइसा रावत, रश्मी पाण्डे, कमलमणी नेपाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

Image result for ‘बादशाह जुट’को ट्रेलर सार्वजनिक

अभिषेक कुमारको लेखनमा तयार भएको चलचित्रलाई जोन सिंह रानाले निर्देशन गरेका हुन् । चलचित्रमा राजु कार्कीको छायांकन, दिर्घ खड्काको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी छ ।

Image result for ‘बादशाह जुट’को ट्रेलर सार्वजनिक

चलचित्र ‘बादशाह जुट’ले एक प्रहरी अफिसर्स र एक पत्रकारको रमाइलो कथालाई प्रस्तुत गरेको छ । चलचित्रको प्रदर्शन मिति कात्तिक १५ गतेलाई तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्