आहा ! चचहुई चचहुई



काठमाडौं : पिङ नेपालीहरूले दसैंको बेलामा बनाउने र खेल्ने गर्छन् । दसैं नजिकिएसँगै काठमाडौं उपत्यकासहित गाउँघर तिरसमेत पिङ खेल्न सुरु भइसकेको छ ।

गाउँघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एक पटक भएपनि दसैंमा टिका लगाएपछि पिङ खेलेर जमीन छाड्नुपर्छ भन्ने चलन छ ।

विशेषगरी दसैंको बेलामा पिङको महत्व छुट्टै रहेको पाइन्छ । लोप हुँदै गएपनि हाल आएर नेपाली परिवेशमा पिङलाई परम्परा चलनहरुलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँमा युवाहरुको समूहहरु बनाएर पिङ हाल्ने गर्छन् । पिङको मज्जा लिन भने बालबालिकादेखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्दैनन् ।

Image result for दसैंमा पिङ

त्यसो त दसैंको अवसरमा पिङ तीन प्रकारका देख्न पाइन्छन् । पहिलो हो–लिंगे पिङ, दोस्रो रोटे पिङ र तेस्रो, घरघरमा केटाकेटीका लागि बनाइएका स-साना पिङ । जस्तो भएपनि दसैंमा पिङको निकै ठूलो महत्व हुन्छ ।

Related image

केटाकेटीहरु रमाइलोका लागि पिङमा हुईकिन्छन् । गाउँघरमा वयस्क युवायुवतीहरु एउटै लठारोमा चढेर पिङ मच्चाउँछन्, जसलाई दोहोरी खेलेको भन्ने गरिन्छ ।

गाउँघरमा बाबियोबाट बनाइएको लठारोको प्रयोग गरेर दशैंका बेला लिंगे पिङ हाल्ने चलन छ ।
तराईमा सनपाटको लठारो बनाउने चलन भए पनि सनपाट खेती मासिँदै गएकाले पहिलेजस्तो पिङ बनाउन समस्या छ ।

प्रतिक्रिया दिनुहोस्