कटुवा पेस्तोल सहित एक पक्राउ



धनुषा : जनकपुर उपमहानगरपालिका–१४ बाट एक जनालाई कटुवा पेस्तोल सहति पक्राउ गरेको छ । महोत्तरी जलेश्वर नगरपालिका-९ बस्ने २१ वर्षीय आनन्द पाठकलाई कटुवा पेस्तोल १ थान सहित हिजो (बिहीबार) साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश नम्बर २ प्रहरी कार्यालय जनकपुर र वडा प्रहरी कार्यालय मुजेलियाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ज.११ प ४६५० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा पाठकले कम्मरमा लुकाई राखेको अवस्थामा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्