ईटहरीमा डिएसपी भण्डारी अर्थात सिंघमको दशै एक्सन



ईटहरी : दशैं, तिहार छठ लगायतका चाडपर्वमा हुनसक्ने अपराधिक कृयाकलाप नियन्त्रण गर्न ईलाका प्रहरी कार्यालय ईटहरी विशेष योजनाका साथ फिल्डमा खटिएको छ ।

यसका निम्ति ईटहरी प्रहरी स्थानीय जनसमुदाय, संघसंस्था, जनप्रतिनिधि र नागरिक समाजलाई साथमा लिई अघि बढेको बताईएको छ । केही समयअघि मात्र ईलाका प्रहरी कार्यालय ईटहरीको प्रमुख बनेर आएका डिएसपी धर्मराज भण्डारी अहिले छोटो समयमै यस क्षेत्रका जनताको मन जित्न थालेका छन् ।

डिएसपी भण्डारी आएपछि भएका केही अपराधिक घटनामा उनले देखाएको एक्सनले यस क्षेत्रमा तहल्का पिटेको छ । कतिपय मानिसहरु डिएसपी भण्डारीलाई भारतीय फिल्म सिंघमको नायकका रुपमा चित्रित गर्न थालेका छन् ।

दशैंका अवसरमा ईलाका प्रहरी कार्यालय ईटहरीका तर्फबाट सार्वजनिक अनुरोध गर्दै निकालिएको पर्चाले पनि अहिले चर्चा पाएको छ । त्यसो त केही दिन अगाडी एक युवतीलाई बलात्कार गर्ने समूहलाई तत्कालै पक्राउ गरेर चर्चा कमाएका भण्डारीले गत साउनमा चोरी भएको सबैसाधारणको एक मोटरसाईकल पत्ता लगाएर गत शुक्रबार ती सर्वसाधारणलाई बुझाएका छन् ।

गत साउन २४ गते राती को.१४ प.११९६ नम्वरको मोटरसाईकल जिल्ला मोरंङ केरावारी गा.पा. १० वस्ने वर्ष ४६ को बवुल कुमार उराउको घरबाट चोरी भएको थियो । उक्त मोटरसाईकलको खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालयबाट खटिएको गस्ती प्रहरी टोलीले इटहरी उप–महानगरपालिका फेला पारी मोटरसाईकल धनीलाई बुझाईएको छ ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी भण्डारी नेतृत्वमा खटिएको बिशेष टोलीले ईलाका प्रतिबन्धित नेकपा बिप्लव समुहका जिल्ला इन्चार्ज र जिल्ला सेक्रेटरीलाई पक्राउ गरेर आफ्नो क्षमता प्रदर्शन गरेको छ । गत भदौ २० मा सुनसरीको इटहरी उपमहानगरपालिका ९ मा रहेको सुस्मा गोदावारी कलेजमा बम विष्फोट गराई फरार रहेका ने.क.पा.माओवादी (विप्लव समूह) का सुनसरी जिल्ला ईन्चार्ज लक्ष्मण पौडेल र जिल्ला सेक्रेटरी राजेन्द्रसिंह बिस्टलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय इटहरीको इञ्चार्जको जिम्मेवारी सम्हाल्न आईपुगेका डिएसपी भण्डारीले प्रहरी संगठनभित्र अलग्गै पहिचान बनाएका छन् ।

डिएसपी भएपछि पहिलो पटक इञ्चार्जसीप लिएका भण्डारी यसअघि इन्स्पेक्टर हुँदा पनि इञ्चार्ज थिए । जहाँ उनले निक्कै सफलताका साथ काम गरिसकेका छन् । त्यसबेला दाङको ईलाका प्रहरी कार्यालय भालुवाङ, ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देही, महानगरीय प्रहरी प्रभाग कोटेश्वर काठमाडौंमा रहेर काम गरेका थिए ।

प्रहरीको सकृयताका कारण सुनसरीको इटहरी उपमहानगरपालिकामा पछिल्लो समय अपराधमा संलग्न युवाहरू पक्राउ पर्ने क्रम बढेको छ ।

भण्डारी ईन्चार्ज बनेर आएपछि यस क्षेत्रका अपराधकर्ममा लागेका व्यक्तिहरुको भागाभाग हुन थालेको छ । गुण्डागर्दीमा संलग्न युवाहरुको पनि निद हराम हुन पुगेको छ । हरप्रहर गाउँ र नगरी,टोलटोलमा नेपाल प्रहरी भन्ने उद्घोषका साथ अघि बढेको ईटहरी प्रहरी अहिले एक्सनमै उत्रेको छ । अपराधको रोकथाम र न्युनिकरणका लागि समुदाय सुरक्षा र सचेतनाको लागि ईटहरी प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक संघसंस्था र विद्यालयसँग सहकार्य गर्दै अघि बढेको डिएसपी भण्डारी बताउँछन् ।

डिएसपी भण्डारीका अनुसार यसक्षेत्रमा बढ्दो गुण्डागर्दी, चोरी, लुटपाट, र यौन व्यापारलाई नियन्त्रण गर्न स्थानीय समुदाय, जनप्रतिनिधि, सरकारी कार्यालय, सरोकारवाला संघसंस्था र नागरिक समाजका प्रतिनिधिहरु राखेर ईलाका प्रहरी कार्यालयले अन्तरकृया र छलफल अगाडी बढाईरहेको छ ।

त्यस्तै लैंङ्गिक हिंसा नियन्त्रणका लागि प्रत्येक वडामा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन गर्ने कार्यलाई प्रहरीले प्रमुखताका साथ अगाडी बढाएको छ । यसका साथसाथै मानव वेचविखन बिरुद्ध र वालयौन दुव्र्यवहार बिरुद्धको अभियानलाई पनि प्रहरीले अगाडी बढाएको छ ।

यो अभियानले जनचेतना फैलाउनका साथै नागरिक र प्रहरीबीच सम्बन्धलाई सुमधुर बनाउने पनि डिएसपी भण्डारीको कथन छ । यसैगरी डिएसपी भण्डारीले ६४ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्याक्रममा अमर प्रहरीका परिवारजनलाई दशैंका बेला फलफूल वितरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्