निर्मला हत्या प्रकरण : १२ जना प्रहरीविरुद्ध किटानी जाहेरी 



कैलाली : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्ने र निर्दोषलाई कडा यातना दिने प्रहरीलाई कारबाहीको माग गर्दै पिडित परिवारले किटानी जाहेरी दिएको छ ।

 

बालिका पन्तकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको भन्दै किटानी जाहेरी दिएकी हुन् भने घटनामा संग्लन भएको आरोपमा कडा यातना दिएपछि निर्दोष सावित हुँदै छोडिएका दिलिपसिंह विष्टका दाई खड्ग विष्टले यातना दिने प्रहरीविरुद्ध जाहेरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उनीहरुले जाहेरी दिएका हुन् ।

 

बर्खास्तीमा परेका एसपी दिल्लीराज विष्ट, प्रहरी ईन्स्पेक्टर जगदीश भट्ट, डीएसपी अंगुर जिसी, ज्ञानबहादुर सेठीलगायतका प्रमाण नष्ट गर्न सहयोग गर्ने आठ जना प्रहरीमाथि कारबाहीको माग गर्दै किटानी जाहेरी दिइएको र खड्ग विष्टले निर्दोष भाईलाई यातना दिइएको भन्दै ४ जना प्रहरीविरुद्ध किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्