दशैंमा टिका लगाउँदा किन दिइन्छ पुरुष र महिलालाई छुट्टा–छुट्टै आशिष



काठमाडौं : हिन्दुहरुको महान चाड दशैंको आफ्नै एक महत्व छ । दशैंलाई दशहरा, विजया दशमी, नवरात्र आयुध–पूजा पनि भनिन्छ ।

राष्ट्रिय चाड समेत मनिने दशैं (नवरात्र) हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौँ दिन बिहान दशमीका दिन आफूभन्दा ठूला मान्यजनहरुको हातबाट टीका–प्रसाद ग्रहण गरेर विशेष रुपमा पूर्णिमासम्म (प्रसाद ग्रहणका लागि) मनाउने गर्छन् ।

यसदिन आफूभन्दा ठूला मान्यजनहरुले पुरुषलाई टिका लगाउँदा दिइने आर्शिवाद छुट्टै छ भने महिला दिइने आर्शिवाद छुट्टाछुट्टै हुन्छ ।
पुरुषलाई टिका लगाउँदा दिइने आशिष यसप्रकारका छन् ः–
ॐआयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
यसको अर्थ ः ॐद्रोण पुत्र अस्वत्थामाको जस्तो आयू होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात सत्रुत्व हरणको क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दूर्योधनको जस्तो मान होस् ।।
सूर्य पुत्र झै दानी होस्, भीमको जस्तो वल होस्, युधिष्ठिर जस्तो सत्यवान होस्, विदूरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् । भनि र्शिवाद दिइन्छ । यसैगरी महिलालाई टिका लगाउँदा छुट्टै आशिष दिइन्छ ।

जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते।
अर्थात ः ति देवी जसले सम्पूर्ण संसारलाईनै विजय गर्न सक्ने सार्मथ्य राख्दछिन्, जो हरेक अन्धकारको निदान गर्न सक्दछिन्, समयको पाबन्दिभन्दा पर रहेकी ति देवी जो मानव खप्परको माला लगाउँदछिन अनि हरेक प्रकारका दुःखको निदान गर्न सक्दछिन् । यो जगतको रक्षा गर्ने हे देवी! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं ।
सत्य बोल्न, सत्कर्म गर्न, आदर–सम्मान गर्न कहिले नचुकौं, सम्पूर्णमा विजयादशमीको टिका, जमरा र आशिषले जीवनमा उर्जा भरोस्, सफलताका आयामहरू थपिंदै जाउन् । टीकाको दिनमा बनेका हरेक दैलो अनि संघार भित्रका अक्षताहरुमा लक्षिन बसोस्, आशिष दिने मुखमा सरस्वती बसुन् अनि तपाई सबैका अनुहारमा हर्षका धागाहरु बसुन् ।सकारात्मक बाटो पछ्याउँदै उत्तरोत्तर प्रगति गर्नसकौं । विजयादशमीको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्