महरा सिंड्रम : एउटा हाइपोथेसिस




डा. रवीन्द्र समीर

गत हप्तादेखि कृष्णबहादुर महरा – रोशनी काण्डले समाज तातेको छ ्र मान्छे जति उचाइबाट खस्छ, त्यति नै धेरै घाइते हुन्छ । प्रधानमन्त्री तथा राष्ट्रपति हुने सम्भाव्यता बोकेका महराको राजनैतिक तथा सामाजिक जीवनमा पूर्णबिराम लागेको छ ।
महराको घाउ देखेर समाज तथा मिडिया अति चर्चामा छ त्यसको अर्को पाटो लगभग लुकेको छ ,
पैसा, पद र शक्तिको उन्मादले ग्रस्त धेरै नेताहरु, ठूलो पदमा बसेका कर्मचारीदेखि सुरक्षा निकायसम्म, सामाजिक अभियन्तादेखि अधिकारकर्मीसम्म ।।। धेरै जना अतिरिक्त सम्बन्धमा छन् नै । उनीहरुको छटपटी तीब्र भएको अनुमान गर्न सकिन्छ । अतिरिक्त यौन पार्टनरले ब्ल्याक मेलिंग गर्न सक्ने, मिडियाबाजी गर्न सक्ने तथा उजुर हाल्न सक्ने सम्भावनाले उनीहरुको निदहराम भएको छ ।


आफ्नो पद, शक्ति, कमाई तथा प्रतिष्ठा गुम्ने डरले उनीहरुको दशैं खल्लो भइरहेको छ ।
अतिरिक्त सम्बन्धमा रहेका भीआइपीहरु त्यो सम्बन्धलाई कसरी सेफ ल्यान्डिङ गराउने भन्ने चिन्तामा छन् । यसको लागि उनीहरु आफ्नो अतिरिक्त पार्टनरसंग टाढिदै जानेछन । यसबाट यौनको रिक्तता हुनेछ । यो रिक्तता अर्थात अप्राप्तिको साइड इफेक्ट अकल्पनीय हुनसक्छ । ती पार्टनरहरुले आफुलाई बेवास्ता गरेको, अर्कोसंग लागेको, धोका दिएको, आश्वासन पुरा नगरेको आदि ठानेर बदला लिने अठोट गर्न सक्छन । त्यो डर हाम्रो समाजमा घनिभूत छ ।
अब केहि समय अतिरिक्त सम्बन्ध स्थगित हुनेछन, सुरु हुनु छैनन् । सुरु नहुनु निकै सकारात्मक पाटो हो ्र एकतर्फी स्थगित हुनु अर्को बिस्फोटको आमन्त्रण हो । दुवै पक्षको हित अनुकुल सुरक्षित अवतरण गर्नुमा सबैको कल्याण छ ।
अतिरिक्त सम्बन्धमा लाग्ने महरा एक्लो पात्र हैनन् । महराले आफ्नो कर्मको फल भोग्दैछन, भोगिरहने छन् ्र सवाल महरा परे भन्ने हैन , भाइरस पल्क्यो भन्ने हो ।

प्रतिक्रिया दिनुहोस्