लोभी सांसदः स्वकीय सचिवको तलबसमेत आफैँ खान्छन्



काठमाडौं : संघीय संसद्का पदाधिकारी र सांसद्ले आफ्ना स्वकीय सचिव र सचिवालयका कर्मचारीको तलबभत्ता आफैँले बुझ्ने गरेको पाइएको छ ।

ऐनको व्यवस्थाविपरीत कर्मचारीको तलबभत्ता सबैभन्दा वढी बुझ्नेमा सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना छन् ।

संसद् सचिवालयले कर्मचारीको तलबभत्ताबापत महरा र तिमल्सिनाको खातामा मासिक १ लाख ९७ हजार ५ सय १० रुपैयाँका दरले जनही जम्मा गर्ने गरेको हो ।

सचिबालयले पदाधिकारीका निजी सचिवालयका कर्मचारी र सांसदको स्वकीय सचिवको तलबभत्ताबापत मासिक १ करोड १७ लाख ४६ हजार २ सय ६९ रुपैयाँ भुक्तानी गरिरहेको छ ।

यो रकम संघीय संसद्मा बहाल रहेका ३ सय ३२ सांसदलाई दिने पारिश्रमिकभन्दा ५४ लाख २५ हजार वढी हो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्