दशैंको खुशी बाड्न आश्रममा पुगिन् प्रधानमन्त्रीकी पत्नी राधिका



काठमाडौं : प्रथम महिला तथा प्रधानमन्त्री धर्मपत्नी राधिका शाक्यले विहीबार मानवसेवा आश्रम सामाखुशीमा आश्रय लिइरहेका असहाय सहयोगापेक्षी ९लक्ष्मीनारायण० हरूसँग दशैंको खुशीयाली साटासाट गरेकी छन् ।

राधिकाले आश्रममाका सम्पूर्ण लक्ष्मीनाराण तथा बालगोपालहरूलाई टीका लगाई भोजन गराएकी हुन् । उनले आश्रमको सेवालाई सहज बनाउन रु पचास हजार सहयोग समेत गरेकी छिन् ।

राधिकाले भनिन्, कुरा काट्ने र अघि बढ्न बाधा मात्रै दिनेहरूलाई देख्दा, स्वार्थ नै स्वर्थले प्रेरित भएको झुण्डलाई देख्दा कहिलेकसो त कसैको पनि अनुहार हेरौं जस्तो लाग्दैैन । कोठाभित्रै बसौं जस्तो हुन्छ । तर जब निवास्र्थ समाजको भलाईको लागि लागेको समूहलाई देख्छु तव उनीहरूलाई सकेको सहयोग गरौं भन्ने भावना जागेर आउँछ ।

राधिकाले देश चाडै बेसहारारहित बन्नेमा विश्वास व्यक्त गर्दै बेसहारारहित नेपाल बनाउन नेपाल सरकारको पनि प्रार्थमिकतामा परेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्