हराएको नगद सहितको सामान प्रहरीमा बुझाउने करुणालाई प्रहरीले गर्यो सम्मान



गुल्मी : जिल्ला प्रहरी कार्यालय गुल्मीले प्रहरी दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा गत २२ गते गुल्मी जिल्ला अदालत अगाडी नगद सहितको पर्स भेटाएर जिल्ला प्रहरी कार्यालयमा बुझाएकी करुणा श्रीरपालीलाई आज सम्मान गरेको छ ।

करुणाले जिल्ला गुल्मी रेसुङगा नगरपालिका वडा नं. ६ बालकोट घर भई हाल रेसुङगा नगरपालिका वडा नं. ८ खानिगाँउ बस्ने करुणा सिरपालीले नगद रु. १० हजार ४५ सहितको पर्स फेला पारी जिल्ला प्रहरी कार्यालय गुल्मीमा बुझाएकी थिईन ।

प्रहरीले २३ गते हराएको व्यक्तिलाई पत्ता लगाई बोलाएर गुल्मीदरबार गाँउपालिका वडा नं. ३ बस्ने गिता घर्तिलाई प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले हस्तान्तरण गरेका थिए ।
करुणालाई गुल्मीका प्रमुख जिल्ला अधिकारी यदु पौडेलले सम्मान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्