राष्ट्रपति भण्डारीद्वारा जितिया पर्वको शुभकामना सन्देश



काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीच एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्‍याइरहेका चाडपर्व मनाउँदा तीनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक रहेको बताएकी छन् । 

 

जितिया पर्वका अवसरमा आज उनले शुभकामना सन्देश दिनुहुँदै बहुजाती, बहुभाषा, बहुसंस्कृति आदिले विविधतायुक्त हाम्रो मुलुकमा मनाइने विभिन्न चाडपर्वले आफ्नै मूल्य र मान्यतासहित संस्कृति, कला, वेषभूषा, गीत सङ्गीतलाई संरक्षण गर्ने कुरा नै हाम्रो मौलिकता बनेको बताइन्। 

 

राष्ट्रपति भण्डारीले नेपाली महिलाले पारिवारिक सुख, खुशियाली र सन्तानको दीर्घजीवनको कामना गर्दै मनाइने सांस्कृतिक यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनीमा सुख, शान्ति एवं समृद्धि कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गरिन् । 

 

यस पर्वमा महिलाले आफ्नो परिवारजनको सुस्वास्थ एवं समृद्धिका लागि व्रत बसेर पूजा आरधना गर्ने गर्दछन् । महिलाको महत्वपूर्ण पर्व जितियाले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सु–सम्बन्ध कायम गर्न सफल होस् भन्ने कामना पनि राष्ट्रपतिले गरेकि छन् । 

प्रतिक्रिया दिनुहोस्