अमेरिकाबाट हतियार किन्ने तयारी



काठमाडौं : यो बर्ष सेनाका लागि ६ अर्ब ९० करोडबराबरको हतियार खरिद गर्ने तयारी छ । 

सैनिक जवानले प्रयोग गर्ने ६ हजार ४ सय ९२ थान हतियार तथा पुराना हतियार विस्थापित गर्दै १० हजार एम १६ हतियार तथा अन्य हतियार र गोलीगठ्ठा खरिदको तयारी गरिएको हो ।

ती हतियार भारतबाट खरिद हुनेछैन । व्यक्तिगत हतियारको नाम उल्लेख छैन, तर तीन अर्ब ४५ करोड चार लाख रुपैयाँ त्यसका लागि छुट्याईएको रक्षा मन्त्रालयले जनाएको छ । 

रक्षाका अनुसार सेनाले प्रयोग गरेका पुराना हतियारलाई प्रतिस्थापन गर्दै १० हजार थान एम १६ सिरिजका हतियार खरिदका लागि दुई अर्ब १९ करोड ४१ लाग बजेट बिनियोजन भएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्