निलम्बित प्रहरी उपरीक्षक विष्टको डीएनए परीक्षण 



कन्चनपुर : कन्चनपुरका निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज विष्टको डीएनए परीक्षण दुईवटा प्रयोगशालामा भएको प्रहरीले जनाएको छ ।

 

प्रहरी प्रधान कार्यालयले सोमबार विज्ञप्ति जारी गरी निलम्बित प्रहरी उपरीक्षक विष्ट, उनका छोरा किरण विष्ट र स्थानीय आयुष विष्टको डीएनए परीक्षण दुईवटा प्रयोगशालाबाट गरिएको जनाएको हो । 

 

प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले विष्ट बाबुछोरा र स्थानीय आयुषको डीएनए परीक्षण राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको जानकारी दिए ।

 

कञ्चनपुर भीमदत्त नगरपालिका–२ बस्ने निर्मला पन्तको जबर्जस्ती करणीपछि साउन १० गते हत्या भएपछि विष्टका बाबुछोरा र स्थानीयवासी आयुषको डीएनए परीक्षण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्