एनसेल टावर लुट्ने गिरोह पक्राउ 



जनकपुरधाम : एनसेल टावर जडान गरिएको ब्याट्री चोरीको आरोपमा चार जनालाई प्रहरीले समातेको छ । बुधबार बिहान एक बजे धुनुषा बटेश्वर गाउँपालिका १ बाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । बीआर ३२पीए३४५४ नम्बरको स्कारपियो जिपसहित उनीहरू पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा कर्जनहाका २४ बर्से रोहितकुमार यादव, लक्ष्मिनियाँ पतारीका १९ बर्से सम्पतकुमार यादव र सीतापुरका विद्यानन्द यादव सिरहाका हुन् । त्यस्तै अर्का सप्तरीका ३२ बर्से कुदोस गिरी रहेको धनुषा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

उनीहरूको साथबाट टावरमा जडान गरिएको १७ थान फास्ट चार्ज ब्याट्री फेला परेको छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्