पाेखरीमा डुबेर एक बालक र एक किशाेरीकाे मृत्यु



सप्तरी : सप्तरीमा सोमबार पोखरीमा डुबेर एक बालकसहित दुई जनाकाे मृत्यु भएको छ। भारतको सुपौल जिल्ला कुनौली ग्रामपञ्चायत १८, बथनाहवाट पाउना आएका अशोक मण्डलका २ वर्षीय छोरा अर्जुन मण्डलको पोखरीमा डुबेर मृत्यु भएको छ।

 

उनी कञ्चनरुप नगरपालिका– १ स्थित मनोज पंजियारको घरमा पाहुना आएका थिए। घर नजिकै खेल्ने क्रममा पोखरीमा लडेर बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

 

यसैगरी, महादेवा गाउँपालिका– १ मा पोखरीमा डुबेर एक किशोरीको मृत्यु भएको छ। पोखरीमा नुहाउन गएकी हरि सदाकी छोरी १५ वर्षीया पुनिताको डुबेर मृत्यु भएको सप्तरीका डीएसपी भावेश रिमालले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्