धनुषाबाट हातहतियारसहित एक युवक पक्राउ



जनकपुरधाम : धनुषाबाट एक जना युवक हातहतियारसहित पक्राउ परेका छन् । धनुषाका वेचन मण्डललाई मंगलबार दिउँसो ३ बजे हंसपुर नगरपालिका–५ बाट चेकजाँचका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनको साथबाट प्रहरीले 9mm  राउण्ड गोली लाग्ने एकथान पेस्तोल, ६ राउण्ड गोली, ज६प ५१९२ नम्बरको होण्डा कम्पीको मोटरसाइकल र एक सामसुङ कम्पनीको मोबाइल बरामद गरिएको छ । 

मण्डलविरुद्ध हातहतियार खरखजाना अन्तर्गत मुद्धा चलाइने धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जनाए । 

 

प्रतिक्रिया दिनुहोस्