शेयर बजार घट्यो, ६ उपसमुह रातो



काठमाडौं : धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ४६ बिन्दुले घटेर एक हजार १६२ दशमलव ७० बिन्दुमा पुगेको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २६ बिन्दुले घटेर २ सय ४७ दशमलव ३३ बिन्दुमा पुगेको छ । 

कूल १ सय ५८ कम्पनीको १३ लाख दुई हजार ८ सय २२ कित्ता शेयर ३८ करोड ७२ लाख ९२ हजार ९ सय आठ रुपैयाँमा खरीद बिक्री भयो । स्टककाअनुसार आज कारोवार भएका कूल १० उपसमूहमध्ये चार उपसमूहको मात्रै बढेको छ । 

विकास बैंक १४ दशमलव ९७, फाइनान्स एक दशमलव ०३, निर्जीवन बीमा कम्पनी १७ दशमवल ६९ र उत्पादन उपसमूहका दुई दशमलव ३३ बिन्दुले बढ्यो । 

बैङ्किङ आठ दशमलव ६५, होटल पाँच दशमलव ५४, जलविद्युत् दुई दशमलव १३, अन्य शून्य दशमवल २४, लघुवित्त पाँच दशमलव ९३ र जीवन बीमा ३६ दशमवल ५६ बिन्दुले घटेको छ । 

स्टकका अनुसार कावेली विकास बैंक, विजय लघुवित्त, गरिमा विकास बैंक, नेपाल सेवा लघुवित्त र लुम्बिनी विकास बैंकका शेयधनीले आज कमाए भने नाङ्दी ग्रुप पावर, हिमालयन बैंक, एनएमबी माइक्रोफाइनान्स, आरएमडिसी लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शेयरधनीले गुमाए ।

प्रतिक्रिया दिनुहोस्