नेपाली क्रिकेट टिमको कप्तान को होला ?



काठमाडौ : पारस खड्काले नेपाली क्रिकेटको कप्तान पदबाट राजिनामा दिएपछि अब नयाँ कप्तान को बन्ला भनेर चौतर्फी कौतुहलता छाएको छ । क्रिकेट खेलमार्फत विश्व मञ्चमा नेपाललाई चिनाईरहेको नेपाली क्रिकेट टिमको कप्तान को होला भन्ने कुराले धेरै अर्थ राख्दछ । कप्तानको नेतृत्वले नेपाली क्रिकेट टिमको मात्र होईन यो खेलमार्फत विश्वसामु नेपालको गरिमालाई बढाउने कुराको भविष्य समेत निर्धाण गर्दछ ।

खेलजगतमा अहिले क्रिकेटको कप्तानीको विषयलाई लिएर विभिन्न अड्कबाजी गर्न थलिएको छ । पारसले आफूले कप्तान पद छोड्दै गर्दा ज्ञानेन्द्र मल्ललाई भावी कप्तानको रुपमा चित्रित गरेसँगै मल्ललाई कप्तान बनाउलान कि भन्ने आंकलन पनि गरिएको छ । अर्कातिर दीपेन्द्रसिंह ऐरी पनि उपकप्तानीको जिम्मेवारी बहन गरिसकेकाले उनले कप्तानको लागि हकदार देखिन्छन् । यस्तै गरेर शरद भेषावकर र बसन्त रेग्मीको पनि कप्तानी बन्ने सौभाग्य पाउन सक्नेछन् । अलिहेसम्म औपचारिक घोषणा नभएकोले यो नै कप्तान हुन्छ भनेर भन्न सक्ने अवस्था भने छैन ।

तथापी नेपाली क्रिकेटको नियमित उपकप्तान भनेको मल्ल हुन् । तर सिंगापुर र ओमानसँगको सिरिजमा भने उनी खेलेनन् । उनैले आफै उक्त सिरिज नखेल्ने घोषणा गरेपछि उपकप्तानको जिम्मेवारी ऐरीलाई दिइएको थियो । ओमान र सिंगापुर सिरिजमा ज्ञानेन्द्रसहित, शरद भेषावकर, बसन्त रेग्मी पनि सहभागी नभएकाले दीपेन्द्रले उपकप्तानीको जिम्मेवारी पाएका थिए । त्यो जिम्मेवारीमा दीपेन्द्र केही हदसम्म सफल पनि भएका छन् । कप्तानको जिम्मेवारी दिदा यीनै मध्ये एकलाई दिनुपर्ने बाध्यता अहिले छ ।

प्रतिक्रिया दिनुहोस्