बलात्कारपछि हत्याका दोषीलाई बाँचेसम्म कैद



पोखरा : मुलुकी अपराध (संहिता) लागु भएपछि मुलुकमै पहिलोपल्ट कास्की जिल्ला अदालतले प्रतिवादीलाई जीवित रहेसम्म कैद फैसला सुनाएको छ । कास्कीको पुम्दीभुम्दीमा ९ वर्षीया बालिका श्रेया विकलाई बलात्कारपछि हत्या गर्ने २७ वर्षीय कुसुम पौडेललाई अदालतले बुधबार सजाय सुनाएको हो । 

जिल्ला न्यायाधीश योगेन्द्रप्रसाद साहको इजलासले गरेको यो फैसला नेपालको न्यायिक इतिहासमै पहिलो हो । अदालतका स्रेस्तेदार जगन्नाथ पौडेलले संहिताको दफा ४१ ले गरेको व्यवस्थाबमोजिम सजाय निर्धारण भएको बताए । 

‘विभिन्न ६ अपराधमा जीवित रहेसम्म कैद फैसला हुने व्यवस्था छ’, उनले भने, ‘जबर्जस्ती करणीपछि हत्या पनि त्यसमध्ये एक भएकाले यो फैसला आएको हो ।’ पोखरा– २२ पुम्दीभुम्दीको कोदीमा गत असोज ८ मा पौडेलले विकको बालात्कारपछि हत्या गरेका थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्