सिंघम शैलीमा यसरी समातिएको थियो आलमलाई, सनसनीपूर्ण खुलासा



रौतहट : जोखिम मोलेर कुख्यात अपराधीका रुपमा पहिचान बनाएका सांसद मोहमद अफ्ताव आलमको पक्राउ गरेपछि रौटहट प्रहरीको प्रसंशा मात्र होईन चर्चा पनि चुलिदो छ । रौटहट प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीको चर्चा पनि शिखरमा छ । यतिबेला एसपी खत्रीलाई भारतीय फिल्म सिंघमको नायकको उपमा पनि सामाजिक सञ्जालमा दिन थालिएको छ ।

प्रहरी संगठनभित्र प्रोफेशनल अफिसरका रुपमा पहिचान बनाएका एसपी खत्रीले अहिलेसम्म पदको दुरुपयोग गर्दै अपराध कर्म गरिरहेका र लुकाइरहेका सांसद आलमलाई सिंघम शैलीमा प्रहरी नियन्त्रणमा लिएको भन्दै प्रसंशा पाईरहको छन् । त्यसदिन सांसद आलमलाई कसरी प्रहरीले नियन्त्रणमा लियो त ? त्यस विषयमाम हामी चर्चा गर्नेछौ ।

सामूहिक हत्याकाण्डको १२ वर्षपछि बुधबार अपरान्ह राजपुर नगरपालिका–२ स्थित फरहदवा गाउँ प्रहरीको ठूलो फौजद्वारा घेरिएको थियो । गाउँमा फेरि अर्को सन्नाटा छाएको थियो । मोहम्मद अफताव आलमको ‘राज’ भएकाले प्रहरीहरु दिउँसै हिंड्न डराउने उक्त गाउँ त्यसदिन प्रहरीको कब्जामा थियो ।

प्रदेश राजधानी जनकपुरबाट प्रहरी थपिइरहेका थिए । आलमलाई पक्राउ गर्दा राज्यले निकै ठूलो जोखिम उठाएजस्तो देखिन्थ्यो । यति ठूलो नेपाल प्रहरीको टोलीलाई साथ दिन सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि ‘स्ट्यान्डबाई’ राखिएको थियो ।

आइतबारका दिन फरहदवामा आलम आफन्तको बिहेमा पुगेका थिए । यो सूचना पाएपछि नेपाल प्रहरीले सशस्त्र प्रहरीसहयोगमा गाउँ घेराउ गरेको थियो । गाउँ आफ्नो नियन्त्रणमा रहेको र कुनै हतियारधारी समूह गाउँमा नरहेको एकिन भएपछि प्रहरीले आलमको घरघेराउ गरी उनलाई कब्जामा लिएको थियो । त्यतिबेला पनि आलमले सिंगो फौजको नेतृत्व गरिरहेका एसपी भूपेन्द्र खत्रीलाई धम्क्याउँदै थिए– ‘ए एसपी ! तिमी को हौ ? म आईजी बनाउने ताकत राख्छु, पक्राउ गरेर ठूलो गल्ती गर्यौ छुटेर आएपछि देखाइदिन्छु ।’

आलमका समर्थकबाट हुनसक्ने अवरोधका कारण उनको गिरफ्तारी प्रहरीका लागि निकै चुनौतीपूर्ण थियो । त्यसैले पनि सशस्त्र बल र नेपाली सेनालाई नेपाल प्रहरीको व्याक फोर्सका रुपपमा परिचालित गरिएको थियो ।

आलमलाई पक्राउ गरेर गौरस्थित जिल्ला प्रहरी कार्यालय पुर्याइ नसक्दै पूर्वानुमानअनुसार फरहदवामाआलमका समर्थकहरुद्वारा प्रदर्शन सुरु गरियो । चोक–चोकमा टायर बालेर नारा जुलुस गर्न थालियो । केन्द्र तथा प्रदेश प्रहरीको बाक्लो उपस्थितिका कारण हाल त्यहाँको सुरक्षा स्थिति नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ । तथापि प्रहरी निकै सतर्क अवस्थामा परिचालित भैरहेको बताइन्छ ।

हाल गिरफ्तार परेका आलमले २०६४ सालमा संविधानसभा निर्वाचनमा प्रतिद्वन्दी तथा उनका समर्थक जनतालाई आतंकित बनाएर बुथ कब्जा गर्न तयार पारिएको बम अचानक विस्फोट हुँदा घाइते भएकाहरुलाई उपचार नगरी प्रमाण नष्ट गर्ने योजनाका साथ सबैलाई जीउँदै इँटाभट्टामा जलाएका थिए ।

उक्त कहालीलाग्दो घटनापछि उनी संविधानसभामा निर्वाचित भएर आए । २०६६ मा माधवकुमार नेपालको नेतृत्वको मन्त्रिपरिषदमा श्रममन्त्री भए ।

२०६९ जेठ महिनामै उक्त घटनाका पीडितको रिट मुताविक सुनुवाई गरी सर्वोच्चले दिएको सो आदेशपछि थप प्रमाण बुझी कानुनअनुसार कारबाही गर्न निर्देशन दिए पनि पीडकहरु फरार रहेको भन्दै प्रहरी पछि हटेको थियो ।

१६ जेठ ०६९ मा सर्वाेच्चका तत्कालीन न्यायाधीश सुशीला कार्की र भरतराज कार्कीको इजलासले मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय बदर ग-यो । इजलासले घटनालाई गम्भीर प्रकृतिको भन्दै सम्पूर्ण रुपमा अनुसन्धान गर्न प्रहरीलाई आदेश दियो । तर विडम्बना, सर्वोच्चको आदेश पनि जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरीले अटेर गरिरहे । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयल पाँचपटकसम्म ताकेता पनि ग-यो । तर, कार्यान्वयन भएन ।

छैटौँपटक ताकेता आउँदा एसपी भूपेन्द्र खत्री जिल्ला प्रहरी कार्यालयको प्रमुख भएर आइपुगेका थिए । फैसला कार्यान्वयन निर्देशनालयको ताकेता, पीडितको विलौना र अफ्तावको पृष्ठभूमि अध्ययनपछि प्रहरी आलमलाई पक्राउ गर्ने निर्णयमा पुग्यो । तर, स्थानीयबाट अवरोध हुनसक्ने अनुमान थियो । अफ्तावलाई पक्राउ गरेपछि निम्तिन सक्ने सुरक्षा चुनौतीबारे जिल्लास्थित सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच छलफल भयो ।

पक्राउ गर्नका लागि २६ असोज आइतबार रोजियो, किनकि यो दिन राजपुर फरहदवा–४ मा आलमका आफन्तको बिहे थियो । निम्तो मान्न आलम पनि गाउँ फर्किएको सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले गाउँ घे-यो । गाउँ नियन्त्रणमा छ भन्ने सुनिश्चित भएपछि मात्र प्रहरी आलमको घरतर्फ अघि बढेको थियो । तब पनि एसपी भूपेन्द्र खत्रीलाई उनी भन्दै थिए, ‘ए ! एसपी तिमी को हौ ? म आइजी बनाउने ताकत राख्छु । पक्राउ गरेर ठूलो गल्ती ग-यौ छुटेर आएपछि देखाइदिन्छु ।’

आलमलाई पक्राउ गरेर गौरस्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पूर्वानुमानअनुसार फरहदवामा प्रदर्शन सुरु भयो । चोक–चोकमा टायर बालियो । नारा–जुलुस भए । त्यतिन्जेलसम्म जनकपुरबाट थप प्रहरी बल ल्याइएको थियो । अहिले स्थिति नियन्त्रणमा छ । तैपनि प्रहरी चनाखो छ ।

१२ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा मुछिएका प्रतिनिधिसभाका निलम्बित सांसद मोहम्मद आफताब आलमलाई पक्राउ परेपछि घटना बाहिर आएको हो। सर्वोच्च अदालतको आदेशको ताकेतापछि प्रहरीले गत आइतबार पक्रेको हो। बम बनाउने क्रममा बिस्फोटमा परी आठजना घाइतेलाई जलाएर मारेको आलमलाई आरोप लागेको छ। सर्वोच्चले २०६९ जेठ १६ गते पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको थियो। प्रहरीले पक्राउ नगरेपछि पीडितले सर्वोच्चको आदेश कार्यान्वयन नभएको भन्दै गृहमन्त्रालय र नेपाल प्रहरी दुवैलाई अवहेलना मुद्दा दर्ता गरेलगत्तै आलमलाई पक्राउ गरिएको हो।

तत्कालीन रौतहटका एसपी लक्ष्मण न्यौपानेले शव नभेटिएको र अनुसन्धानका लागि रौतहट पुगेका तत्कालीन एसपी जयबहादुर चन्दले पक्राउ गर्न आधार नभेटिएको भनेपछि पीडितले सर्वोच्चमा रिट दर्ता गरेका थिए। पक्राउ नगरी आलटाल गरेको प्रहरीले बाध्य भएर आलमलाई पक्राउ गरेको थियाे । आलम पक्राउ परेपछि सोमबार सांसद पदबाट निलम्बित भएका थिए।

प्रतिक्रिया दिनुहोस्