१९ किलो चाँदी सहित एक युवक पक्राउ



वीरगन्ज : सशस्त्र प्रहरीले बाराको सतुवाहीबाट १९ किलोग्राम चाँदी सहित एक जना युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गोलागन्जका सशस्त्र प्रहरी निरिक्षक कबिर मलको नेतृत्वमा रहेको टोलीले बाराको गढी गाउँपालिका वडा नम्बर ६ गन्जभवानीपुरका ३२ बर्षिय मुक्ती साहलाई उक्त परिणामकोे चाँदीको गरगहना सहित पक्राउ गरेको हो ।

साहले सिमावर्ती भारतबाट अवैध रुपमा करिब १२ लाख मुल्य बराबरको चाँदीको गरगहना बि.आर.०६ एम. १०६० नम्बरको भारतीय मोटरसाईकलमा लुकाई छिपाई नेपाल भित्र्याएको अवस्था सशस्त्र प्रहरीले पक्राउ शसस्त्र प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको टोलीले सिम्रौणगढ नगरपालिका वडा नम्बर ६ सतुवाही नाकाबाट साहलाई पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी निरिक्षक मलले बताए ।
पक्राउ परेका साहलाई चाँदीको गरगहना सहित आवश्यक कारवाहीको लागि वीरगन्ज भंसार कार्यालयमा बुझाउँने तयारी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्