जबर्जस्ती करणी मुद्दामा ५ वर्ष जेल सजाय सुनाइएका फरार अभियुक्त पक्राउ



सुर्खेत:  जबर्जस्ती करणी गरेको भनी अदालतले कसुरदार ठहर्‍याएका एक फरार व्यक्तिलाई बुधबार साँझ सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा चिङ्गाड गाउँपालिका–६ अवलचिङ सुर्खेत निवासी टीका साउदका छोरा ५४ वर्षीय वासुदेव साउद छन् । सुर्खेत जिल्ला अदालतले उनलाई जबर्जस्ती करणीको आरोपमा दोषी ठहर गरी ५ वर्षको जेल सजाय तोकेको थियो ।

 

विशेष अनुसन्धानको क्रममा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्