धादिङको चालिसेमा कुकर बम



धादिङ : धादिङको धुनिबेसी नगरपालिका चालिसे भन्ने ठाउँमा शंकास्पद झोला फेला परेको छ । संंकास्पद झोलाभित्र प्रेसरकुकर देखिएको छ ।

सडक कर उठाउने ढाट नजिकै भेटिएको संकास्पद झोलाभित्र विष्फोटक पदार्थ हुनसक्ने आशंकामा स्थानीयबासीहरु त्रसित देखिन्छन् ।

जिल्ला पह्ररी कार्यालय धादिङका प्रवक्ता डिएसपी रुपक खड्काले चालिसेमा शंकास्पद झोला भेटिएको पुष्टि गरेका छन् ।

डिएसपी खड्काले शंकास्पद झोलाभित्र रहेको प्रेसरकुकर, कुकरबम भएको हुनसक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली पठाईसकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्