चियापानको बीचमै किन हिडे प्रचण्ड ?



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले असोज २९ गते भृकुटी मण्डपमा बिभिन्न पर्वको अवसरमा चियापान तथा शुभकामना अदाप्रदान कार्यक्रम गर्यो ।
कार्यक्रम चल्दै गर्दा नेकपा अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बीचैमा छोडेर हिडे । त्यसपछि उनी कार्यक्रममा पुगेनन् ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै शुभकामना कार्यक्रमको शुभारम्भ गरे । शुरुमा सहभागि भएर निष्केका ओली र प्रचण्ड कार्यक्रममा पुनः आउँने सहमति सहित छुटिएका थिए ।

ओली कार्यक्रम स्थलमा आए तर दाहाल आएनन् । १२ बजे देखी ३ बजे सम्म पार्टीका नेता, कार्यकर्ता र सवर्साधारणका लागि समय छुटयाईएको थियो भने ३ बजेदेखी ५ बजेसम्म बिशिष्ट अतिथिहरुलाई बोलाईएको थियो । शुरुमा केही समय बसेका प्रचण्ड पछि बिशिष्ट अतिथिहरु आउँदा देखिएनन् ।

ओली र प्रचण्ड बीच बढदै दुरी

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीसंग पछिल्लो समय अर्का अध्यक्ष प्रचण्ड चिढिएका छन् । दुई अध्यक्षबीचको बेमेलका कारण त्यसको प्रभाव पार्टी र सरकार सञ्चालनमा समेत परिरहेको छ ।
पार्टी एकता र त्यसपछिका भद्र भनिएका सहमति कार्यान्वयन नभएपछि प्रचण्ड गुनासो गर्दै सचिवालय सदस्यहरुलाई समेत भेटिरहेका छन् । अध्यक्ष प्रचण्डले पार्टी अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक जिम्मेवारी आफूले पाउँनुपर्ने दावी गर्दै आएका छन् ।
पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, सचिवालय सदस्य, वामदेव गौतम, सचिवालय सदस्य तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायतका नेतासंग गोप्य भेटघाटमा प्रचण्डले सो गुनासो गरिरहेको पार्टी स्रोतले जनाएको छ ।
आफू ओझेलमा परेको महशुस गर्दै अध्यक्ष प्रचण्डले पार्टी वा सरकारको कार्यकारी जिम्मेवारी पाउँनुपर्ने दावी गरिरहेका छन् । सिंगापुर उपचार गराउँन गएका ओलीले पार्टी सञ्चालन प्रचण्डले नै गर्ने गरी अधिकार दिने आश्वासन दिएका थिए । तर सो कुरा पनि पुरा नभएपछि उनी फायर छन् ।
पार्टीको बैठक दुई अध्यक्षको अध्यक्षतामा पालैपालो बस्ने र सरकार सञ्चालन पनि दुबैले अढाई अढाई बर्ष गर्ने भद्र सहमती भएको भनिदै आईएको छ । अध्यक्षद्धयको बेमेलले पार्टीको कार्यक्रमका साथै अन्य काम समेत प्रभावित भएको छ ।
पार्टी एकताको बाँकी काम अझै टुंगो लाग्न सकिरहेको छैन् भने सरकारको कामलाई अझै प्रभावकारी बनाउँन सकिएको छैन् । यस्तो हुनुको मुख्यकारण भनेकै अध्यक्षद्धय बीचको आन्तरिक द्धन्द्ध नै हो । सरकारको काम प्रभावकारी बनाउँनुका साथै एकताको बाँकी काम टुंगो लगाउँन अध्यक्षद्धय बीचको द्धन्द्ध अन्त्य हुनै पर्ने नेकपा नेताहरु बताउँछन् ।

बलियो पार्टीको जागरण अभियान हरायो

अहिले नेकपाको बिभाग तथा जनवर्गीय संगठन लथालिङ रहेको छ । देशकै सबैभन्दा ठुलो र बलियो पार्टी भए पनि उसका बिभाग र जनवर्गीय संगठनहरु कमजोर रहेका छन् । पार्टी मात्रै नभई बिभाग तथा जनवर्गीय संगठनहरुले अझै पुर्णता पाउँन सकेको छैन् ।

तत्कालिन एमाले र माओवादी केन्द्रका बीचमा ३ जेठ २०७५ मा पार्टी एकता भयो । दुई ठुला कम्युनिष्ट पार्टीका बीचमा एकीकरण पश्चात बनेको नेकपा अहिले सरकारको नेतृत्व समेत गरिरहेको छ । पार्टी एकता भएको १८ महिना बित्दा समेत एकताको सबै काम पुर्ण रुपमा अझै टुंगो लाग्न सकेको छैन् ।

यस्तै पार्टी एकता पश्चात जागरण अभियान गर्ने नेकपाले जनाएको थियो । पार्टी एकताको सन्देश दिने, सरकारका राम्रा कामको प्रचारप्रसार र जनता कार्यकर्तामा उर्जा थपिने गरी जागरण अभियानलाई प्रभावकारी बनाउँने तयारी नेकपाले गरे पनि त्यो अहिले ओझेलमा परेको छ । पार्टीका शिर्ष नेताहरुकै सहभागितामा स्थानीय स्तरसम्म पुगेर बिभिन्न कार्यक्रम, बैठक, प्रशिक्षण, भेला हुने तयारी भए पनि अहिले पार्टी नेतृत्वकै बेमेलले प्रभावित भएको छ ।

बिभाग, जनवर्गीय संगठनले अझै पुर्णता पाएन
नेकपामा २२ वटा जनसंगठनहरु रहेका छन् । यसैगरी ३३ वटा बिभागहरु रहेका छन् । पार्टी एकताको लामो समय पश्चात पार्टीले यि संगठन र बिभागहरुको नेतृत्व टुंगो लगायो । तर यि संगठन र बिभागहरुले अझै पुर्णता पाउँन सकेका छैनन् ।

नेकपा केन्द्रीय सदस्य एवं अखिल नेपाल किसान महासंघका अध्यक्ष हरि पराजुलीले सबै संगठनले पुर्णता पाउँने दाबी गरेका छन् । किसान महासंघलाई पुर्णता दिनका लागि गृहकार्यमा जुटेको बताउँदै उनले पुर्णता दिन लामो समय नलाग्ने बताए ।

पार्टीले प्रशिक्षण, जागरण अभियान सञ्चालन गर्ने तयारी गर्दै गर्दा त्यसमा हाम्रो पुर्ण एवं सक्रिय सहभागिता हुने उनले बताए । पार्टी एकता पछि प्रशिक्षण एवं जागरण अभियानको अति नै आवश्यकत्ता रहेको बताउँदै उनले पार्टीका सबै सदस्य सो अभियानमा सहभागि हुने बताए ।

नेकपा केन्द्रीय सदस्य एवं प्रेस संगठन नेपालको सहईन्चार्ज तथा संयोजक महेश्वर दाहालले संगठनलाई पुर्णता दिने बिषयमा छलफल जारी रहेको बताए । पार्टी एकता संगै बिभिन्न संगठनहरुको नेतृत्व चयन पश्चात ति संगठनहरुलाई पुर्णता दिनका लागि नेतृत्व गृहकार्यमै रहेको बताए ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरले भदौ मसान्त भित्रमा संगठनले पुर्णता पाउँने बताएका छन् । पार्टी एकीकरण पश्चात अनेरास्ववियुले नेतृत्व पाईसकेको भए पनि पुर्णता पाउँन नसकिएको बताउँदै उनले भदौ भित्रमा पुर्णता दिने तयारीमै रहेको बताए ।

राष्ट्रिय युवा संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन, ट्रेड युनियन महासंघ, अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ जनसाँस्कृतिक महासंघ नेपाल, आदिवासी जनजाति महासंघ नेपाल, नेपाल मुस्लिम संगठन, नेपाल दलित मुक्ति संगठन, नेपाल वृद्धिजिवी संगठन, नेपाल उद्योग–व्यवसाय महासंघ, नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन, प्रेस संगठन नेपाल, मानव अधिकार तथा सामाजिक अभियान नेपाल, नेपाल कानुन व्यवसायी संगठन, नेपाल भूमिहिन सुकुम्बासी संगठन, अपाङ्गता संगठन, प्रोगेशिभ ईन्जिनियरिङ एशोसिएसन लगायतका जनसंगठनहरु नेकपामा रहेको छ ।

यसैगरी संगठन, बिदेश मामिला, प्रचार प्रसार तथा प्रकाशन, अर्थ तथा योजना, पार्टी स्कुल, प्रादेशिक मामला, नीति अनुसन्धान प्रतिष्ठान, संघिय संसदीय, सहकारी तथा गरिबी निवारण, उधोग तथा बाणिज्य, उपभोक्ता हित तथा आपुर्ति, कृषि तथा भुमिसुधार, कोष तथा आर्थिक व्यवस्थापन, खानेपानी तथा सरसफाई, जलश्रोत, संचाई तथा उर्जा बिभागहरु रहका छन् ।

यस्तै निर्वाचन, न्याय, कानून तथा मानवअधिकार, पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन, पुस्तकालय तथा अभिलेख, भौतिक पुर्वाधार तथा यातायात व्यवस्था, युवा तथा खेलकुद, राजकीय मामला तथा सुशासन, वन तथा वातावरण, बिज्ञान तथा प्रविधि, शिक्षा तथा मानश्रोत विभाग, श्रम तथा रोजगार, समाज कल्याण, सहकारी तथा गरिवी निवारण, शहरी बिकास, सामन्य प्रशासन, साहित्य, कला तथा संस्कृति, स्थानीय तह, स्वास्थ्य तथा जनसंख्या बिभाग रहेका छन् ।

अझै गठन भएन पोलिटव्युरो कमिटी

नेकपाको केन्द्रीय तहमा सबै संगठनले पुर्णता पाउँदै गर्दा अहिले सम्म पोलिटव्युरो कमिटी गठन हुन सकेको छैन् । नेकपा स्रोतका अनुसार पोलिटब्युरो गठनका लागि तत्कालीन एमालेका तर्फबाट नामावली तयार भए पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट नामावली टुंगो लाग्न नसक्दा ढिलाइ भएको छ ।

नेकपामा ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटी छन् । पार्टीको अन्तरिम विधानअनुसार केन्द्रीय कमिटीको एक तिहाइ अर्थात् १ सय ४७ जना सम्मको पोलिटब्युरो कमिटी बनाउनुपर्छ । जसमा तत्कालीन एमालेलाई ८१ र माओवादीलाई ६६ जना भागबन्डा गर्ने सहमति शीर्ष नेताबीच यस अघि नै भईसकेको छ ।

यसैगरी अनुशासन, लेखा, निर्वाचत गरी तीन आयोग समेत अहिले गठन हुन सकेको छैन् । यस्तै जेष्ठ कम्युनिष्ट मञ्च गठन गर्न अझै बाँकी नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्