प्रहरीको सहकार्यमा विद्यालयमा वक्तृत्वकला



पर्वत : समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पर्वत जिल्लाका विभिन्न विद्यालयमा ‘सामुदायिक प्रहरी साझेदारी, सुरक्षित समाज निर्माणमा हाम्रो जिम्मेवारी’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्वतको सहकार्यमा कुश्मा नगरपालिका–४ स्थित कालीगण्डकी एकेडेमी, कुश्मा नगरपालिका–६ दुर्लुङस्थित सहिद स्मारक आवासीय माध्यमिक विद्यालय, कुश्मा नगरपालिका–८ स्थित मंगलाेदय माध्यमिक विद्यालय चुवा, कुश्मा नगरपालिका–४ स्थित वीरेन्द्र माध्यमिक विद्यालय पकुवामा वक्तृत्वकला प्रतियोगिता आयोजना भएको प्रहरीले जनाएको छ ।

यसैगरी प्रहरी चौकी फलेवास पर्वतको सहकार्यमा फलेवास नगरपालिका–६ स्थित डेल इङलिस बोर्डिङ स्कुल, फलेवास नगरपालिका–८ स्थित ज्ञानज्योति माध्यमिक विद्यालय ठानामौला र फलेवास नगरपालिका–१० स्थित शारदा माध्यमिक विद्यालय कुर्घामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगिता कार्यक्रममा वडाका प्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थी एवं प्रहरी अधिकृत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्