वार्ता सहजकर्ता तथा विप्लव समूहका नेता लोहनी गिरफ्तार



काठमाडौं : सरकार र नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको प्रतिबन्धित नेकपाबीच वार्ता सहजकर्ताको भूमिकामा रहेका विप्लव समूहका नेता गुणराज लोहनीलाई प्रहरीले सोमवार बिहान उनको घर चितवनबाट पक्राउ गरेको छ । लोहनीलाई चितवनको भरतपुर महानगरपालिका–११ बसेनीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवन जनाएको छ ।

विप्लव नेकपाको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लोहनी पछिल्लो चरणमा स्वास्थ्य स्थितिका कारण उक्त जिम्मेवारीबाट पछि हटेका थिए । त्यसपछि प्रायः सरकार–विप्लव नेकपा बीचको वार्ता सहजकर्ताको भूमिकामा देखिएका उनी घरगाउँमै बसेर स्वास्थ्य लाभ गरिहेका थिए ।

गिरफ्तारपछि लोहनीले प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा भने आफूलाई पार्टीले केही महिना पहिले नै कार्वाही गरिसकेकाले आफू प्रतिबन्धित पार्टीको नेता वा कार्यकर्ता नभई स्वतन्त्र नागरिक रहेको बताएका छन् ।

तर जिल्ला प्रहरी कार्यालय चितवनले भने उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्