नेविसंघ कैलाली नेतृत्वबिहिन 



कैलाली : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ कैलाली नेतृत्वबिहीन अवस्थामा छ ।  तत्कालिन् नेविसंघ कैलाली जिल्ला अध्यक्ष विनय लामा केन्द्रीय प्रतिनिधि भएदेखि नेविसंघ कैलाली नेतृत्व विहीन भएको हो । 

 

नेवसंघको विधानअनुसार तल्लो तहमा काम गरिरहेका प्रतिनिधिले माथिल्लो तहमा उम्मेद्वार भएको खण्डमा सो पद सोतः खारेज हुने विधान छ ।

 

 लामा जिल्ला अध्यक्ष हुँदा नै केन्द्रीय प्रतिनिधिको उम्मेद्वार भए । त्यस यता कार्यवाहक अध्यक्षको जिम्मेवारी भेष बमले सम्हाल्दै आएका छन् । 

 

केन्द्रीय अधिवेशनको तयारी चलिरहँदा कैलाली नेविसंघ भने नेतृत्वबिहीन अवस्थामा रुमलिएको क्षेत्र नम्बर ४ का सभापति गणेश शाहले बताए । 

 

कैलालीको १३ औं महाधिवेशनका लागि कार्यवाहक समितिले आफ्ना प्रतिनिधी १३ वटै स्थानीय तहमा खटाएको छ ।

 

 नेविसंघ कैलालीकै केही युवाहरुले सर्वपक्षीय विद्यार्थीलाई नसमेटेर कार्यवाहक समितिले अधिवेशनको तयारी गरेको भन्दै लगातार विरोध गर्दै आइरहेका छन् ।

 

कार्यवाहक समितिको क्रियाकलापप्रति असन्तुष्ट रहेका युवा सदस्यहरुले पनि १३ वटै स्थानीय तहमा आफ्ना प्रतिनिधी खटाएको शाहले जानकारी दिए । 

 

असन्तुष्ट समुहले केन्द्रीय प्रतिनिधीलाई जिल्लाका सबै पक्षसँग छलफल गरेर १३ गतेभित्र अधिवेशन सम्पन्न गर्न वातावरण बनाइनुपर्ने माग राख्दै आएका छन् ।

 

नेविसंघ नेपाली कांग्रेसको भातृ संगठन भए पनि जिल्लाका नेताहरुले वेवास्ता गरिरहेको उनीहरुले आरोप छ ।

प्रतिक्रिया दिनुहोस्