किङ कोब्रासहित बराल पक्राउ



इटहरी : ईलाका प्रहरी कार्यालय इटहरीले ३० बण्डल विस्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरेको छ ।

सोमबार इलाका प्रहरी कार्यालय ईटहरी सुनसरीको प्रहरी टोलीले ईटहरी उपमहानगरपालिका ४ बस्ने वर्ष ३९ का विवेक बराललाई पक्राउ गरेको हो ।

उनले सञ्चालन गरेको कास्या ट्रेडर्समा लुकाइ छिपाई भण्डारण गरेको अवस्थामा ३० बण्डल विस्फोटन पदार्थसहित बराल पक्राउ परेका हुन् ।

उनको साथबाट प्रहरीले किङ कोब्रा (KING COBRA) लेखेको पटाका ३० बण्डल बरामबद गरेको छ । अनुसन्धानका क्रममा उनले सो पटका एक लाख १० हजारमा बेच्ने गरेको खुलेको सूचना अधिकृत एवं ईलाका प्रहरी कार्यालय ईटहरीका प्रहरी निरीक्षक मान प्रसाद श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका बराललाई मुलुकी अपराध संहिता २०४७ अन्तर्गत विस्फोटक पदार्थ सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्