पासपोर्ट बनाउन जाँदै हुनुहुन्छ? कपालमा जुत्ताको पालिस दल्नुपर्ला ?



काठमाडौं: पासपोर्ट बनाउन जाँदै हुनुहुन्छ? कपाल रंगीन नबनाउनुहोला। नत्र जुत्ताको पालिस टाउकामा दल्नुपर्ला । मेहन्दी लगाएर पासपोर्ट बनाउन जानेले हरेक दिन दुःख पाइरहेका छन्। एक सय रुपैयाँ तिर्दै, कपालमा जुत्ताको पालिस दल्दै ।

 

बालाजुकी पूजा पाठकसँग हस्तलिखित राहदानी थियो। मेसिन रिडेबल पासपोर्ट(एमआरपी)बनाउन बिहीबार केशरमहलस्थित राहदानी विभागमा पुगिन्। फोटो खिच्ने लाइनमा बस्दा एक कर्मचारीले उनको खैरो कपाल हेर्दै भने,‘कपालमा कालो लगाएर आउनुस् है, यस्तो कपालमा हुँदैन।’

 

अमेरिकाबाट फर्केकी पाठकलाई त्यहींका कर्मचारीले प्रहरीको क्यान्टिनमा गएर जुत्तामा लगाउने पालिसले कपाल कालो बनाउन सुझाए। आक्रोश भावमा उनले भनिन्, ‘यस्तो नियम कतै छैन, कति तनाव दिएको?’

 

रामेछापकी सुनिता लामाले पनि त्यस्तै समस्या झेलिन्। उनको कपला खैरो थियो। निधारमुनिसम्म काटेको खैरो कपालमा पुगेकी लामा उसरी नै प्रहरी क्यान्टिन पुगिन्। भन्दै थिइन्, ‘कस्तो दिक्क लाग्यो, यो नियम। थाहा पाएको पहिले नै कालो बनाउने थिएँ।’ यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्