बालुवामा टाउको लुकाउने प्राणीको नाम डोनाल्ड ट्रम्प !



वासिंटन: विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपतिका नाम निकै सम्मानित हुन्छ । अमेरिकी राष्ट्रपतिको पदको गरिमाले पनि त्यहाँ पुग्ने हरेकले सम्मान पाएका हुन्छन् ।यसैले अमेरिकी राष्ट्रपतिहरूले प्रायः आफ्नो हिस्साको उचित सम्मान पाउने गर्छन् । तर हालै अमेरिकी राष्ट्रपतिको नामसँग जोडेर एउटा प्राणीको नाम राखिएको छ ।

 

हालै मात्र फेला परेको बालुवामा टाउको लुकाउने एक प्रकारको उभयचर प्राणीको नामको पछाडि अमेरिकी राष्ट्रपतिको नाम ‘डोनाल्ड ट्रम्प’ थपिएको छ । जलवायु परिवर्तनबारे ट्रम्पले लिदै आएको अडानको विरोधमा सो जीवको नामका पछाडि डोनाल्ड ट्रम्प थपिएको हो ।

 

मध्यअमेरिकी राष्ट्र पानामामा फेला परेको ’डर्मोफिस डोनाल्डट्रम्पी’ उभयचरको नामाकरण एक व्यापारीले गरेका हुन् । उनले लिलामको बेला त्यो जीवको नाम राख्ने अधिकार पाउनका लागि २५ हजार अमेरिकी डलर प्रस्ताव गरेका थिए ।

 

उनको कम्पनीले जलवायु परिवर्तनका विषयमा जागरूकता जगाउन अग्रसर रहने पनि जनाएको छ । एनवीरोबुल्ड कम्पनीका सह–संस्थापक आइडान बेलले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘डर्मोफिस डोनाल्डट्रम्पी’ जलवायु परिवर्तनको प्रभावप्रति अति संवेदनशील छ । यो जीव आफूजस्तै नाम रहेका ट्रम्पको जलवायु नीतिका कारण लोप हुने खतरामा छ ।’

 

‘डर्मोफिस डोनाल्डट्रम्पी’ सानो र आँखा नदेख्ने प्रजातिको प्राणी अर्थाचत यो एक प्रकारको ‘केइसिलियन’ हो र यो मुख्य रूपमा जमिन मुनी बस्ने गर्छ । बेलले सो प्राणी र ट्रम्पको बानीकाबीचमा समानता रहेको भन्दै व्यंग्य गरेका छन् ।

 

उनले जमिन मुनी शिर लुकाउने त्यो उभयचरको स्वभाव र मानवीय क्रियाकलापका कारण भइरहेको जलवायु परिवर्तनप्रति वैज्ञानिक समुदायको सहमतिलाई नकार्ने ट्रम्पको गुण मिल्दोजुल्दो भएको बताए । गत वर्ष क्यालिफोर्निया विश्वविद्यालयको एन्टो टोमोलोजी संग्राहलयले ‘नेवपाल्पा डोनाल्डट्रम्पी’ नामक दिइएको जीव फेला पारेको थियो ।

 

सो प्राली पत्ता लगाउने जीव वैज्ञानिक भाज्रिक नाजारीले अद्वितीय रूपमा टाउकोको रंग फेर्न सक्ने कलाले आफूलाई राष्ट्रपति ट्रम्पको सम्झना दिलाएको उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्