आलमलाई समाउदा एआईजी बढुवामा रोक्का भएको खुलासा



काठमाडौं : रौतहट नरसंहारका मुख्य आरोपी महमद अफताव आलमकै कारण एक प्रहरी अधिकारीले एआईजी हुन बाट बञ्चित भएको घटना बाहिर आएको छ ।

नेपाल प्रहरीमा २९ वर्ष जागिर खाएर अवकाश पाएका डीआइजी केशबहादुर शाहीले आलमका भाई वकिल महताव आलमलाई किर्ते मुद्दामा समातेर बजार डुलाउँदै हिरासतमा राखेको कारण आफ्नो बढुवा आलमले रोकेको बताएका छन् ।

उनले जनआस्था साप्ताहिक पत्रिकालाई अन्तर्वार्ता दिँदै सो कुराको खुलासा गरेका हुन् । आलमका भाईलाई समाउदा आफू रौतहट जिल्लाको प्रमुखको रुपमा कार्यरत रहेको र सोही बेला आलमका भाईले आफ्नो जाँचमा अरु मान्छेलाई सहभागी गराई लेखाएका कारण समाएर बजार घुमाएका थिए ।

उनी २०७२ सालमा डिआईजीको पाँच वार्षे अवधि लागेर रिटायर्ड भई घरमा छन् । २०६४ सालमा उनका साथीहरु एसएसपी हुँदा उनी अफ्ताव आलमका कारण हुन पाएनन् ।

त्यसबेलाका गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रमोशन गर्न खोजे पनि आलमले पार्टी छोड्नेसम्मको धम्की दिएपछि उनको प्रमोशन रोकिएको शाहीले बताएका छन् ।

डीआइजी शाहीले भनेका छन्–’आलमले त्यसताकाका चुनावको बेला डर–धाक देखाउने, प्रतिद्वन्द्वीलाई भागाभाग गराउने गर्थे । त्यस्तो सोसाइटीमा पुलिसिङ गरेर, त्यो लेभलको मान्छेलाई समात्नु, समातेर बजार घुमाउँदै ल्याउनु– इट्स नट अ जोक ! तर, हामीले ग-र्यौं ।
यस्तो गरेको आलमलाई मन नपरेको र सोही कारण उनको एआईजी हुने ढोका बन्द भएको खुलासा गरेका छन् ।’

यस्तै उनले अगाडी थपेका छन्– ‘यदि एसएसपीमा मेरो प्रमोशन नबिग्रिएको भए, उस्तै परे आइजी हुन्थेँ होला । म कुनै पोलिटिकल लिडरको दैलोमा नजाने मान्छे । फेरि अनेकनथरि खुशामद गरी–गरी जागिर खानु नपरोस् भन्ने लाग्थ्यो ।’

प्रतिक्रिया दिनुहोस्