बाबुद्वारा छोरी बलात्कृत



वीरगञ्ज : वीरगञ्जमा बाबुले आफ्नै छोरीलाई बलात्कार गर्दै आएको घटना सार्वजनिक भएको छ । वीरगञ्ज महानगरपालिका ११ श्रीपुर बस्ने ४० वर्षीय कानाहा भन्ने आस महमद मियाँले १२ वर्षीय छोरीलाई बलात्कार गर्दै आएका घटना सार्वजनिक भएको हो ।

हिजो (मंगलबार) पीडित बालिकाले प्रहरीमा लिखित जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो । उनले बाबुले पटकपटक बलात्कार गरेको सहन नसक्दा प्रहरीमा लिखित जाहेरी दिएकी बताइन् ।

मदिरा सेवन गरी मियाँले छोरीलाई सोमबार राति बलात्कार गरेका थिए । पीडित बालिकाले बाबुको दरिद्रता सहन नसक्दा उनीबाट उम्कीदै प्रहरीलाई खबर गरेका थिए । तत्काल घटना स्थल पुगेका प्रहरीले मियाँलाई पक्राउ गरेका थिए । पक्राउ परेका मियाँ र पीडित बालिकाको प्रहरीले सोमबार नै मेडिकल चेकजाँच गराएको थियो ।

घरमा कोही नभएको मौका छोपी विगत लामो समयदेखि मियाँले छोरीलाई बलात्कार गर्दै आएको पीडित बालिककाले प्रहरीलाई बताएकी छन् ।

पक्राउ परेका मियाँमाथि आवश्यक अनुसनधान शुरु गरिएको प्रहरी नायव उपरिक्षक वीरेन्द्र बहादुर शाहीले बताए ।

पीडित बालिकाकी आमा वैदेशिक रोजगारीको सिलसिलामा कुबेत छन् ।

यसैबीच पर्सा प्रहरीले बालक अपहरण गर्ने रुस्तम देवानलाई पक्राउ गरेको छ । पर्साको पर्सागढी नगरपालिका ३ बढनिहारका बालकृष्ण मैनालीको ३ वर्षीय छोरा आयुष मैनालीलाई अपहरण गरेको आरोपमा प्रहरीले वीरगञ्ज ३१ प्रसौनी बस्ने देवानलाई पक्राउ गरेको हो ।

गत असोज ३० गते देवानले आयुषलाई अपहरण गरी आफ्नै घरमा बन्धक बनाएर राखेका थिए । प्रहरीले स्थानियको सहयोगमा खोजतलास गर्दा देवानले आफ्नै घरमा बन्धक बनाएर राखेको देखेपछि मैनालीलाई सकुशल उद्दार गर्न सफलको थियो ।

प्रतिक्रिया दिनुहोस्