ट्याक्टर दुर्घटनामा एकको मृत्यु



बलेवा : बागलुङको बलेवामा बिहीबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका बागलुङको पञ्चकोटका ट्याक्टर चालक सुरेश विकको उपचारका लागि धौलागिरि अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । 

बागलुङ बजारदेखि कुश्मीशेरा जाँदै गरेको ना७त ११०५ नम्बरको ट्याक्टर बानपा १२ सरङ्गेमा दुर्घटना हुँदा चालक विक घाइते भएका थिए । घाइते विकलाई उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बलेवाका प्रमुख धनबहादुर थापाले बताए । दुर्घनाको कारण खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्