कांग्रेस पदाधिकारीमा नेताहरुबीच सहमति 



काठमाडौं : नेपाली कांग्रेसका शीर्षनेताबीच केन्द्रीय पदाधिकारीका विषयमा सहमति जुटेको छ। सहमति अनुसार अब कांग्रेसमा एक सभापति,  दुई उपसभापति, दुई महामन्त्री, एक कोषाध्यक्ष र सात सहमहामन्त्री रहने छन् । यसैगरी एक जना प्रवक्ता पनि पदाधिकारीकै रुपमा जनाइएको छ । 

 

केन्द्रीय समितिको बैठकपछि विधान मस्यौदालाई महासमितिमा पेश गर्ने तयारी भएको छ। यसअघि उपसभाति, महामन्त्री र समहमहान्त्री २–२ बनाउने शीर्ष तहमा सहमति भएको थियो तर, समावेशी नभएको भन्दै केन्द्रीय सदस्यहरुले विरोध गरेपछि महासमिति बैठक नै अनिश्चित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्