कास्की २ बाट रवीन्द्रपत्नी विद्या भट्टराईको नाम सिफारिस



पोखरा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि कास्की २ बाट विद्या भट्टराईको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको जिल्ला कमिटी बैठकले भट्टराईको मात्र नाम सिफारिस गर्ने सहमति गरेको हो ।

उनी दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । गत १५ फागुनमा भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएको थियो । अधिकारीको निधनपछि प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा उपचुनाव हुन लागेको हो । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्