जिउ मास्ने मुद्दाका कैदी पक्राउ



काठमाडौं : जिल्ला कारागार कैलालीबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। फरार कैदी सुरज कोलीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शुक्रबार काठमाडौंको सीतापाइलाबाट पक्राउ गरेको हो। 

 

कैलालीको धनगढी उपमहानगरपालिका-६ घर भएका कोली जिउ मास्ने बेच्ने मुद्दामा दोषी ठहर भएर कैदी भुक्तान गरिरहेका थिए।

 

१२ वर्ष कैदको फैसला सुनाइएका कोली ९ वर्ष ३ महिना जेल बसेर २०७३ असोज २० गते कैलाली कारागारबाट फरार भएका थिए। पक्राउ परेका कोलीलाई कैद भुक्तानको लागि कैलाली पठाउने तयारी भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्