तुलसीपुरमा विद्यार्थी बोकेको बस दुर्घटना, ९ जनाकाे मृत्यु



दाङ : दाङको तुलसीपुरमा विद्यार्थी बोकेको एउटा बस दुर्घटनामा परेको छ ।

 

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी प्रेमबहादुर शाहीका अनुसार बस राम्रीको बाटोबाट ५ सय मिटर तल खोल्सामा खसेको छ। अहिलेसम्म नौ जनाको मृत्यु भइसकेको उनले पुष्टि गरे। 

 

उनका अनुसार चार जनाको उद्धार गरी उपचारका लागि पठाइएको छ। अहिले दाङ र सल्यान प्रहरी, स्थानीय उद्धारमा खटिएका छन्। घटनाको थप विवरण आउन बाँकी छ। 

 

बा४ख ९७६६ नम्बरको सहिद कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयको बस सल्यानको बस दुर्घटनामा परेको हो। कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा शिक्षक तथा विद्यार्थी चढेकोे बस दुर्घटना भएको प्रहरीको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्