मेलम्चीमा संलग्न नेपाली निर्माण व्यवसायीद्वारा आन्दोलनको चेतावनी



काठमाडौं : मेलम्ची खानेपानी आयाेजना निर्माणमा संलग्न व्यवसायीले मेलम्चीको विदेशी ठेकेदार कम्पनी सीएमसीले भुक्तानी नदिएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

 

उनीहरूले शुक्रबार विज्ञप्ति जारी गरी २८ वटा निर्माण कम्पनीको डेढ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको जनाएका छन् । नेपाली निर्माण व्यवसायीले जारी गरेको विज्ञप्तिमा सीएमसीले आयोजनाबाट भुक्तानी पाएपछि पनि ठेक्का रद्द हुने स्थितिमा पुग्नुले आफूहरूको रकम जोखिममा पर्न गएको उल्लेख छ । विदेशी ठेकेदार भए पनि मेलम्चीमा नेपालीको श्रम, सीप, मिहिनेत र लगानी परेको विज्ञप्तिमा औंल्याइएको छ । 

आयोजना निर्माणको अन्तिम चरणमा आइपुग्दा खानेपानी मन्त्रालयले अन्य विकल्प खोज्ने भन्दै नयाँ ठेक्का दिने चलखेल गर्न थालेको आरोप नेपाली व्यवसायीको छ । सीएमसीसँग ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का सम्झौता गर्नु आयोजना लम्ब्याउने नियत भएको उनीहरूको आरोप छ ।

 

ठेक्का रद्द गरी नयाँ ठेक्का सम्झौता गर्दा नेपाली व्यवसायीले पाउनुपर्ने भुक्तानीको ग्यारेन्टी सरकारले लिनुपर्ने माग नेपाली व्यवसायीको छ ।

प्रतिक्रिया दिनुहोस्