तुलसीपुर बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १६ पुग्याे



दाङ : दाङको तुलसीपुरमा विद्यार्थी बोकेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । ३१ जना सवार बस तुलसीपुर–कपुरकोट सडकखण्डको तुलसीपुर ३ राम्रीमा दुर्घटना भएको हो। आठ जना घाइतेको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ। 

 

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी प्रेमबहादुर शाहीका अनुसार बस राम्रीको बाटोबाट ५ सय मिटर तल खोल्सामा खसेको छ।बहुप्राविधिक शिक्षालयको बस दुर्घटना हुँदा दाङमा १६ जना विद्यार्थीको मृत्यु भएको छ ।

 

जिल्लाको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराहीका विद्यार्थी चढेको बा४ख ९७६६ नम्बरको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा  घाइते हुनेहरुमा जुम्ला तातोपानी गाउँपालिका १४ बस्ने १८ वर्षीय हिमाली हमाल, चन्दनाथ गाउँपालिका ३ बस्ने १६ वर्षीय शेन्द्र खत्री, घोराही उममहानगरपालिका १५ रतनपुर बस्ने १७ वर्षीया समीक्षा रोकाया, अछाम मंगलसेन नगरपालिकाकाे १८ वर्षीय क्रम भण्डारी, रुकुमकाे त्रिवेणी गाउँपालिका ३ बस्ने १६ वर्षीय प्रेम बहादुर खड्का,  घोराही उपमहानगरपालिका  १९ स्यूजा बस्ने १७ वर्षीया मेनुका रिजाल, जुम्ला चन्दनाथ २ बस्ने १७ वर्षीय जीवन भण्डारी, १६ वर्षीया पर्शा रोकाया, अछाम मंलगसेनकाे १९ वर्षीय यूवराज ढुंगाना, रुकुम सानोभेरी ३ बस्ने १६वर्षीया रोजिना पुन रहेका छन्। 

 

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको नेतृत्वमा सुरक्षाकर्मीको टोली, स्थानीय र जनप्रतिनिधिह उद्दारमा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्