क्याटलोनियाली आन्दोलनकारीसँग स्पेनको वार्ता



बार्सिलोना: क्याटलोनियाका पृथकतावादीहरुले बार्सिलोनामा प्रदर्शन गर्न र सडक बन्द गर्न लागेपछि सरकारले वार्ता गरेको छ । प्रधानमन्त्री पेड्रो सान्चेज नेतृत्वको मन्त्रीपरिषद्को टोलीले क्याटलोनीयामै उनीहरुसँग कडा सुरक्षाकाबीचमा शुक्रबार वार्ता गरेको हो ।

 

साप्ताहिक रुपमा बस्ने मन्त्रीपरिषद् बैठक मड्रिडमा बस्ने गरेको थियो । तर सान्चेज नेतृत्वको छ महिना पुरानो समाजवादी सरकारले पृथकतावादीहरुको आन्दोलन अन्त्य गर्न क्याटलोनियामै मन्त्रीपरिषद् बैठक गर्ने निर्णय गरेको थियो ।

 

गत बर्ष भएको जनमत संग्रहले स्पेनबाट क्याटलोनियालाई छुट्याउने प्रयास असफल बनाएको थियो ।पृथकतावादीहरुले क्याटलोनियामा गठन गरेको सरकारका प्रमुख क्विम तोर्रा र सान्चेजले प्रभावकारी र अर्थपूर्ण वार्ताका लागि प्रतिबद्धता जनाएका छन् ।

 

विहिबार राती बार्सिलोनामा भएको वार्तामा उनीहरुले वार्ताबाटै स्पेन र क्याटलोनियाको द्वन्द्वलाई समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् । प्रदर्शनकारीले भने राजमार्ग र रेलमार्गहरु अवरुद्ध गरेका थिए भने क्याटलोनिया क्षेत्रीय संसदमा जवरजस्ती प्रवेश गर्ने प्रयास पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्