ओलीका सल्लाहकारलाई नारायणकाजीको प्रश्न- तपाईं परमेश्वरको प्रतिनिधि हो ?



काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा नेताहरुबीच आरोप–प्रत्यारोप जारी छ । शुक्रबारको बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालप्रति कटाक्ष गर्दै ‘परमेश्वरको प्रतिनिधि’ भएको टिप्पणी गरे ।

 

‘एकजना कमरेडले बिहीबारको बैठकमा सरकार र पार्टी नेतृत्वको आलोचना गर्नु आत्मनिन्दा हो, त्यति बिनम्र हुनै सकिँदैन भन्नुभयो, त्यस्तो अभिव्यक्ति गलत छ,’ रिमालको अभिव्यक्तिप्रति लक्षित गर्दै श्रेष्ठले भने, ‘सामन्ती सोच र संस्कृति भएको शासकले मात्र आफूलाई परमेश्वरको प्रतिनिधि हुँ भन्ने ठान्छ, त्यस्ताले आत्मालोचना गर्ने कुरै हुन्न । के तपाईंले आफूलाई त्यस्तै ठान्नु भएको छ? त्यस्तो सोच एवं अभिव्यक्ति हामी कम्युनिष्टहरुको होइन र हुनै सक्दैन।’ नयाँ पत्रिकामा खवर छ ।

प्रतिक्रिया दिनुहोस्