किन हुन्छ स्तन क्यान्सर ? स्तन क्यान्सर भएको कसरी थाहा पाउने ?



काठमाडौं: स्तन क्यान्सर महिलालाई वढी हुने रोग हो। यो रोगको कारण कतिपय महिलाले ज्यानैसमेत गुमाउनुपरेको छ। स्तन क्यान्सर किन हुन्छ ? यसबाट बच्न के गर्ने ? आजको नागरिक दैनिकमा वरिष्ठ स्तन क्यान्सर सर्जन डा. कपेन्द्रशेखर अमात्यले स्तन क्यान्सरको कारण र यसबाट बच्ने उपायको बारेमा लेखेका छन्।

 

स्तनमा आउने ८० प्रतिशत गिर्खा क्यान्सर हुँदैनन् । यसकारण गिर्खाकै आधारमा मात्र क्यान्सर हो भनेर ठोकुवा गर्न सकिन्न । स्तन क्यान्सर हुने धेरै कारण छन् । विदेशमा ढिला बच्चा पाउने, मद्यपान, धुमपान गर्ने, मोटोपन, स्तनपान कम गराउने महिलामा स्तन क्यान्सर वढी भएको पाइएको छ । तर, नेपालमा के कारणले स्तन क्यान्सर भएको हो भन्ने पत्ता लागेको छैन ।

 

स्तनको मुन्टा गाडिँदै जानु, मुन्टाबाट पिप र रगत आउनु, स्तनको रङ परिपर्वन हुनु, स्तनमा गिर्खा देखिनु जस्ता लक्षण स्तन क्यान्सरमा देखिन्छ।  त्यस्ता लक्षण देखियो भने स्वास्थ्य जाँच गराउनुपर्छ । 

 

बिपी कोइराला क्यान्सर अस्पताल भरतपुर, टिचिङ अस्पताल महाराजगञ्ज, भक्तपुर अस्पताल लगायतका अस्पतालमा क्यान्सरको उपचार हुन्छ । सुरुकै अबस्थामा पत्ता लाग्यो भने कम खर्चमै क्यान्सरको उपचार हुन्छ ।

प्रतिक्रिया दिनुहोस्