कपिलवस्तुको कृष्णनगरमा तनाव भएपछि अनिश्तिकालिन कर्फ्यु



कपिलवस्तु : जिल्ला प्रशासान कार्यालय कपिलवस्तुले कृष्णनगर बजार क्षेत्रमा अनिश्चितकालिन कर्फ्यु लगाएको छ । जिल्ला प्रशासन कार्यलय कपिलवस्तुका अनुसार जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजार क्षेत्रमा लक्ष्मी पूजाको मूर्ति बिसर्जन विषयलाई लिएर तनाव उत्पन्न भएकाले कर्फ्यु लगाइएको हो ।

भन्सार कार्यालयदेखि उत्तर तर्फ ७०० मिटर, पश्चिम तर्फ ७०० मिटर र पूर्व तर्फ ३०० मिटर क्षेत्र भित्र आज दिउँसो ११ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु आदेश जारी गरिएको छ ।

आदेश अवज्ञा गरको पाइएमा कानुन बमोजिम कारबाही हुने भनी जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विज्ञप्ती जारी गरेको छ ।

No photo description available.
प्रतिक्रिया दिनुहोस्