सेनाको ब्यारेक निर्माणमा अनियमितता



काठमाडौं : नेपाली सेनाको ब्यारेक निर्माणमा आर्थिक घोटाला भएको रहस्य खुलेको छ ।

देशभरीका सैनिक व्यारेक तथा कार्यालय निर्माणमा आर्थिक अनियमितता भएको पाइएपछि सैनिक मुख्यालयले आन्तरिक छानविन तथा अनुगमन थालेको छ । 

विनासकारी भुकम्पपछि निर्माण गरिएका भौतिक संरचना आर्थिक अनियमितताकै कारण कम गुणस्तरका बनेका छन् ।

देशभरी सेनाको ब्यारेक तथा कार्यालयको संख्या १० हजारभन्दा वढी छ । अघिल्ला तीन सेनापतिको ८ वर्षे कार्यकालमा ३ हजार ८३ वटा संरचना बंकरबाट ब्यारेक कार्यक्रम अन्तर्गत निर्माण गरिएको सेनाको तथ्यांकमा उल्लेख छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले एउटा व्यक्तिको कुकर्मले सेपाली सेनाको शाख ओझेलमा पर्नु अन्य पौरखी र मेहनतीहरुका लागि अन्याय भएको बताउँदै अनियमितता गर्नेमाथि कारबाही गरिने बताए । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्