अब फस्ट डिभिजन ल्याउने विद्यार्थी मात्रै शिक्षक बन्न पाउने



काठमाडौं : स्नातकोत्तर तहमा प्रथम श्रेणीमा उत्तीर्ण वा न्यूनतम बी प्लस ग्रेड ल्याएका व्यक्ति मात्रै माध्यमिक तहको शिक्षकमा छान्न उच्चस्तरीय शिक्षा आयोगले सरकारलाई सुझाब दिएको छ ।

शिक्षक छनौत प्रक्रियामा कडाई गर्न सके अब्बल व्यक्ति मात्र शिक्षण पेशामा छिर्ने र उनीहरुबाट हुने शिक्षण सिकाई क्रियाकलाप पनि प्रभावकारी हुनेमा आयोगका सदस्य एकमत देखिएका छन् ।

आयोगले जुन संकाय पढे पनि स्नातकोत्तरमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी शिक्षक बन्न पाउने, उपप्रध्यापक बन्न एमफिल र सहप्राध्यापक बन्न पिएचडी अनियवार्य, राजनीतिक दलको सदस्यता लिने शिक्षक प्राध्यापकको जागिर जाने, सात वर्षभित्र निजी विद्यालय नाफारहित ट्रस्टमा जानै पर्ने लगायतका प्रावधान राख्न सरकारलाई सुझाब दिएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्