‘संसद्को बिजनेस निरन्तर सञ्चालन हुने सम्भावना छैन’



काठमाडौं : प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आउन चार दिनमात्र बाँकी छ । तर संसदमा पर्याप्त विधेयक भने छैनन् । 

समितिमा रहेका ६ मध्ये ४ विधेयक अझै पारित गर्न बाँकी छ भने प्रतिनिधिसभाबाट राष्ट्रियसभामा र राष्ट्रियसभाबाट प्रतिनिसभामा पठाइएका ४ विधेयक र २ विधेयक नयाँ दर्ता भएका छन् । 

यी विधेयकबाट मात्र संसद्को बिजनेस निरन्तर सञ्चालन हुने सम्भावना नरहेको संसद् सचिलाय स्रोतको भनाइ छ । संसद् सचिवालय स्रोतले भन्यो, ‘अधिवेशनभर संसद्को बिजनेस निरन्तर सञ्चालन हुन कम्तीमा ५० विधेयक संसद्मा प्रक्रियामा रहेको हुनुपर्दछ ।’ आजको नागरिक दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्