गुल्मीमा बढ्दै सम्बन्धबिच्छेद, पाँच महिनामा सय मुद्दा



गुल्मी : गुल्मीमा पछिल्लो समय सम्बन्धबिच्छेद बढेको छ । १ भदौदेखि पुरुषले पनि सम्बन्धबिच्छेद गर्न पाउने नयाँ मुलुकी ऐन कार्यान्वयनमा आएसँगै सम्बन्धबिच्छेदका लागि अदालत पुग्ने पुरुषको संख्या वृद्धि भएको हो । 

भदौमा मात्रै २१ पुरुष र १३ महिलाले सम्बन्धबिच्छेदको मुद्दा दर्ता गरेको जिल्ला अदालतका श्रेष्तेदार दुर्गाप्रसाद बस्यालले बताए । असोजमा नौ महिला छ पुरुष, कार्तिकमा १६ पुरुष १२ महिला र मंसिरमा चार पुरुष आठ महिलाले अदालतमा सम्बन्धबिच्छेदको मुद्दा दर्ता गराएको बस्यालले बताए । 

यस आर्थिक वर्षको पाँच महिनामा मात्रै ५४ महिला ४७ पुरुष गरी एक सय एक जना जोडीले सम्बन्धबिच्छेदको मुद्दा दर्ता गराएका छन् । गुल्मीमा आर्थिक वर्ष ०७४र०७५ मा एक सय ४७ वटा सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएको थियो । 

वैदेशिक रोगजारी प्रमुख समस्या

जिल्ला अदालतमा आएका सम्बन्धबिच्छेदका मुद्दाको प्रकृति हेर्दा प्रमुख कारण वैदेशिक रोजगारपछि आएको पारिवारिक बिचलन रहेको छ । दर्ता भएको मुद्दामा खान लगाउन नदिएको, गाली गलौज गर्ने र कुटपिट गरेको, पारिवारिक संरक्षण नभएको लगायत समस्या छन् ।

पछिल्लो समयमा अधिकांश पुरुष श्रीमती घर व्यवहार चलाउन नसक्ने, पैसा हिनामिना गरेको, परपुरुषसँग सम्बन्ध राखेको र अनावश्यक मानसिक तनाव दिएको लगायत कारण देखाउँदै सम्बन्धबिच्छेदका लागि अदालत पुग्ने गरेको बस्यालले बताए । जसको मूल कारण वैदेशिक रोजगार रहेको उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्