भागेका कैदी दुई वर्षपछि समातिए 



कैलाली  : कैलाली कारागारबाट दुई वर्षअघि भागेका कैदी काठमाडौंमा पक्राउ परेका छन् । मानव बेचबिखन मुद्दामा जेल सजाय काटिरहेकै अवस्थामा २०७३ साल असोज २० गते कैलाली कारागारबाट भागेका धनगढी उपमहानगरपालिका ६ जालीका ३५ वर्षीय सुरज कोलीलाई पत्राउ गरी कैलाली प्रहरीले सार्वजनिक गरेको छ ।

कोली शुक्रबार काठमाडौंबाट पक्राउ परेका थिए । जिल्ला प्रहरी प्रमुख आभूषण तिमिल्सिनाले २०६३ साउन १० गते मानव बेचबिखन मुद्दामा १३ वर्षको कैद सजाय भोग्नेगरी कारागार चलान भएका कोली कैद काटिरहेकै अवस्थामा २०७३ असोजमा कारागारबाटै फरार भएको बताए ।

कोली कारागारबाट फरार नभएको भए २०७५ साउन १४ गते कैद पूरा गरेर स्वतः छुट्ने प्रहरीले जनाएको छ । कोलीलाई शुक्रबार काठमाडौंको सीतापाइलामा लुकेर बसेको अवस्थामा महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्