अस्पताल पुगेर फर्किएपछि प्रधानमन्त्री मन्त्रीपरिषदको बैठकमा



काठमाडौं : तेस्रो पटकको डायलाइसीस गर्ने तयारी गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) बिहान महाराजगन्जस्थित त्रिवित्रि शिक्षण अस्पतलाको मनमाहेन कार्डियोलोजी सेन्टरमा पुगेर चिकित्सकहरुसँग परामर्श गरी फर्केका छन् ।

शिक्षण अस्पतालबाट चिकित्सकहरुसँग परामर्श गरी फर्केका प्रधानमन्त्री ओली अहिले आफ्नो सरकारी निवास बालुवाटारमा मन्त्रीपरिषद बैठकको अध्यक्षता गरिरहेका छन् ।

मन्त्रीपरिषदको बैठक र पार्टी सचिवालयको बैठक सकेर डायलाईसिसका लागि अस्पताल जाने तयारी गरेका प्रधानमन्त्री ओलीलाई धेरै धपेडी नगर्न र आराम गर्न चिकित्सकहरुले सुझाब दिँदै आएका छन् ।

आज बोलाईएको पार्टी सचिबालय बैठकको समय नतोकिएता पनि बिहान ११ बजेका लागि बोलाईएको बैठक केही बेर अघि बालुवाटारमा शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्